लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्ले प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत गरेको छ। बिहीबार मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पेस गरेको अस्थायी संगठन संरचना आर्थिक वर्ष ०८३/८४ को प्रथम चौमासिकका लागि स्वीकृत गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले जानकारी दिए।
बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयले पेस गरेको नयाँ तलबमान तथा प्रोत्साहन भत्ताको रकम कायम गर्ने निर्णयसमेत गरेको छ।