नवलपुरबाट साढे ६२ लाखको अवैध सामान बरामद

मंगलबार, २ भदौ, २०८३
डिजिटल संस्करण

नवलपुर प्रहरीले कावासोतीबाट ६२ लाख ५० हजार रुपैयाँबराबरको भन्सार छलीका सामग्री बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार २१ लाख ६० हजार रुपैयाँबराबरको कुर्ता–सुरुवाल, चार लाख ५० हजार रुपैयाँको साडी र ३६ लाख ४० हजार ५ सय रुपैयाँबराबरको कच्चा कपडा गरी ६२ लाख ५० हजार ५० रुपैयाँबराबरको कपडा बरामद भएको हो।

ना.३ख ४६७२ नम्बरको ट्रकमा विनाबिलभर्पाई भन्सार छली अवैध रूपमा भित्र्याइएको सामग्री ट्रक र ट्रकचालकसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रहरीले बरामद सामग्री, ट्रक र ट्रकचालकलाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय चलान गरेको छ।

सुझावित समाचार