सरकारलाई असफल बनाउन होइन, सचेत गराउन चाहेको हो : सभापति थापा

सोमबार, १ भदौ, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसका सभापति गगन थापाले आफूहरूले सरकार असफल बनोस् भन्ने नचाहेको प्रस्ट पारेका छन्।

केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेसले सरकारलाई सचेत गराउन मात्रै चाहेको बताए। ‘हामी सरकारलाई सचेत गराउन चाहन्छौँ, सतर्क गराउन चाहन्छौँ, असफल बनाउन होइन। हामी असन्तुष्टिमा खेल्न चाहँदैनौँ,’ उनले भने।

कांग्रेसले भर्खरै बनेको सरकारलाई सबै कुराको दोष दिएर गलत भाष्य बनाउन नचाहेको प्रस्ट पार्दै सभापति थापाले भने, ‘भर्खर सरकार आएको छ। हामी यी सारा कुरा अहिले नै बिग्रिए, भत्किए भन्ने भाष्य बनाउन चाहँदैनौँ। राइट ट्र्याकमा जानुपर्ने कुरा गइरहेको छैन, इन्डिकेसन ठिक भइरहेको छैन। त्यसैले राइट ट्र्याकमा जाओस् भन्नेतर्फ हामीले सचेत गराउन चाहेको हो।’
 

सुझावित समाचार