कृषि क्षेत्रमा सक्रिय एग्री केयर नेपाल लिमिटेडले प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) ल्याउने भएको छ । कम्पनीले यससम्बन्धी कार्य गर्न नेपाल लाइफ क्यापिटललाई संस्थागत परामर्शका रूपमा नियुक्त गरेको हो ।
सम्झौतापत्रमा एग्री केयरका अध्यक्ष रविन अधिकारी र नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनीष घिमिरेले हस्ताक्षर गरेका हुन् ।कम्पनीले आफ्नो संस्थागत विकास तथा पुँजी बजारमा प्रवेशको तयारीलाई थप व्यवस्थित बनाउँदै आगामी दिनमा सर्वसाधारणलाई समेत कम्पनीको विकास यात्रामा सहभागी गराउने लक्ष्य लिएको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सहायक कम्पनी नेपाल लाइफ क्यापिटलले लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूति, निक्षेप सदस्य सेवा, योजना व्यवस्थापक, डिपोजिटरी सेवा, संस्थागत परामर्श, सेयर रजिस्ट्रेसनलगायत सेवा दिँदै आएको छ ।