सानिमा रिलायन्सका उत्कृष्ट अभिकर्ता सम्मानित

आइतबार, ३१ साउन, २०८३
डिजिटल संस्करण

सानिमा रिलायन्स लाइफले ‘भिजन टु भ्यालु–२०८३’ कार्यक्रम सम्पन्न गरेको छ । एक आर्थिक वर्षको कार्य मूल्यांकन, उत्कृष्टलाई सम्मान तथा आगामी वर्षको योजना तर्जुमा गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा कम्पनी सञ्चालक समितिका अध्यक्ष रतनलाल केडिया, सञ्चालक समिति सदस्य भरतकुमार तोदी, प्रमुख कार्यकारी अधिकृत (सिइओ) शिवनाथ पाण्डे, नायब प्रमुख कार्यकारी अधिकृत नीराजन कँडेललगायतको उपस्थिति थियो ।

साथै, प्रमुख व्यवसाय अधिकृत, प्रदेश प्रमुख, विभागीय प्रमुख, क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजरका साथै उत्कृष्ट शाखा प्रबन्धक, मार्केटिङ अफिसर पनि कार्यक्रममा सहभागी थिए ।

कम्पनीका अध्यक्ष केडियाले गत आर्थिक वर्षमा बिमाशुल्क संकलनमा प्राप्त सफलताप्रति सबै कर्मचारीलाई बधाई दिए । उनले प्राप्त उपलब्धिलाई सम्मान गर्दै टिम सहकार्य तथा अन्तरविभागीय समन्वयलाई निरन्तर सफलताको आधारका रूपमा उल्लेख गरे । सिइओ पाण्डेले उत्पादन विविधीकरण तथा बजार बुझाइमा ध्यानकेन्द्रित गर्न आग्रह गरे । 

कार्यक्रममा गत आर्थिक वर्षमा विभिन्न विधामा उत्कृष्ट कार्य तथा लक्ष्य हासिल गरेका क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर शाखा, उपशाखा प्रमुख, मार्केटिङ अफिसरलगायतलाई सम्मानित गरिएको थियो । दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत कँडेलले कम्पनीको गत आर्थिक वर्षको डेटा प्रस्तुत गरे । कम्पनीको पुँजी पाँच अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २५ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको बताइएको छ । 

सुझावित समाचार