बैंकिङ कसुरमा १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

शनिबार, ३० साउन, २०८३
डिजिटल संस्करण

बैंकिङ कसुर मुद्दामा १७ लाख ३९ हजार ५०० रुपैयाँ जरिवाना ठहर भई फरार रहेका एक व्यक्तिलाई झापा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापाको शिवसताक्षी नगरपालिका–११, दुधेका ५६ वर्षीय हर्कधन सेवा रहेका छन्।

उच्च अदालत विराटनगर, इलाम इजलासले चार वर्षअघि गरेको फैसलाअनुसार बैंकिङ कसुर मुद्दामा सेवामाथि १७ लाख ३९ हजार ५०० रुपैयाँ जरिवाना तोकिएको थियो। फैसला कार्यान्वयनका क्रममा फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको संयुक्त टोलीले शुक्रबार सेवालाई घरनजिकैबाट पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका सेवालाई फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय इलामसँग समन्वय गरी बुझाउने प्रक्रिया भइरहेको झापा प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए।

सुझावित समाचार