संसद्को उद्योग र वाणिज्य तथा श्रम र आपूर्ति सम्बन्ध समितिले ग्यास सिलिन्डरको ट्रयाकिङ गरी नियमन गर्न निर्देशन दिएलगत्तै आवश्यक गृहकार्य सुरु भएको पनि मन्त्रालयले जनाएको छ ।
संसदीय समितिको निर्देशनलगत्तै २४ र २६ साउनमा ट्रयाकिङको काम गर्ने सेवाप्रदायकसँग छलफल भएको र सिलिन्डरको स्टक, स्थान र आवागमनलाई व्यवस्थित रूपमा निगरानी गर्ने योजना बनाएको मन्त्रालयको दाबी छ । सुरुमा म्यानुअल इन्भेन्टर र स्टेसन लोकेसनबाट प्रणाली लागू गर्ने र त्यसपछि तीन–चारवटा उद्योगमा क्युआर परीक्षण गरी देशभर विस्तार गर्ने योजना बनाइएको छ,’ प्रवक्ता सुवेदीले भने ।
यो प्रणाली लागू भएपछि एकै ठाउँबाट ग्यास आयात, वितरण र उपभोक्ताको घरमा रहेका सिलिन्डरसम्मको नियमन गर्न सकिने उनले बताए । ‘यसबाट देशभरको एलपिजी ग्यास स्टकको अवस्था, स्टकमा देखिने फरक तथा प्रत्येक सिलिन्डरको स्थानान्तरणमा सुधार हुनेछ,’ उनले भने ।