जुवा खेलिरहेको अवस्थामा पेप्सिकोलाबाट १४ जना पक्राउ

सोमबार, २५ साउन, २०८३
डिजिटल संस्करण

काठमाडौं महानगरपालिका– ३२, पेप्सिकोलामा हारजित हुने गरी जुवातास खेलिरहेका १४  जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। आइतबार अपराह्न अन्दाजी ५ः२० बजेको समयमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले नगद एक लाख १९ हजार ८४५ रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको हो।

उक्त स्थानबाट तीन बुक तास र १५ थान मोबाइलसमेत बरामद गरेको छ। उनीहरूमाथि जुवासम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिन म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

सुझावित समाचार