प्युठानको नौबहिनी गाउँपालिका– २ स्थित सामुदायिक वनबाट १३ थान भरुवा बन्दुक बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय लुङबाहानेबाट खटिएको गस्ती टोलीले डाँडाकटेरी मनकामना सामुदायिक वन र सुनसरी खोल्सामा झारपातले छोपेर राखेको अवस्थामा १३ थान अवैध भरुवा बन्दुक र दुई थान नाल फेला पारेको हो।
यसबारे थप अनुसन्धान अघि बढाएकाे प्रहरीले जनाएकाे छ।