सुशासन र जनविश्वास जगाउनु नै अहिलेको ठुलो उपलब्धि : हरि ढकाल

आइतबार, २४ साउन, २०८३
डिजिटल संस्करण

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले मुलुकमा सुशासन कायम गर्नु र नागरिकमा राज्यप्रति विश्वास बढाउनु नै वर्तमान समयको सबैभन्दा ठुलो उपलब्धि हुने बताएका छन् ।

आइतबार ललितपुरमा आयोजित कार्यक्रममा मुलुकको अवस्था र सुशासनका विषयमा धारणा राख्दै ढकालले देश एकैपटक समृद्ध बन्न नसक्ने र सुशासन पनि तत्काल स्थापित नहुने बताए ।

उनले एक–अर्कालाई दोषारोपण गर्नुभन्दा नागरिकमा आशा र भरोसा जगाउने खालका बहस आवश्यक रहेको बताए । विगतमा आफूहरूले उठाएका विषय र अहिले जिम्मेवारीमा पुगेपछि देखिएका व्यावहारिक चुनौतीलाई स्वीकार गर्दै उनले सकारात्मक परिवर्तनका लागि सबैको सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गरे ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई लक्षित गर्दै ढकालले प्रधानमन्त्री एक्लै नभएको र सरकारको कार्यकालमा सबैभन्दा महत्त्वपूर्ण विषय जनतामा विश्वास पैदा गर्नु रहेको बताए ।

सुझावित समाचार