पोखरामा बिवाइडीको थ्री एस सुविधा सञ्चालनमा

आइतबार, २४ साउन, २०८३
डिजिटल संस्करण

विद्युतीय सवारी निर्माता कम्पनी बिवाइडीले पोखरामा थ्री एस (सेल्स, सर्भिस र स्पेयर) सुविधासहितको सेवा सुरु गरेको छ । नेपालका लागि बिवाइडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालि हो भने पोखरा क्षेत्रका लागि आधिकारिक वितरक फ्ल्यास मोबिलिटी प्रालि हो । पोखरा महानगरपालिका– १० स्थित बुद्ध चोकमा रहेको सोरुममा नयाँ सर्भिस सेन्टर सञ्चालनसँगै पोखरामा बिवाइडीको थ्री एस सुविधा सञ्चालनमा आएको हो । 

सर्भिस सेन्टरको पोखरा महानगरका मेयर धनराज आचार्यले उद्घाटन गरेका हुन् । आचार्यले पोखरामा बिवाइडीको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आउनु कम्पनीसँगै ग्राहकका लागि महŒवपूर्ण उपलब्धि भएको बताए । 

गण्डकी प्रदेश तथा आसपासका क्षेत्रका बिवाइडी ग्राहकलाई अझ सहज, भरपर्दो र स्तरीय बिक्रीपछिको सेवा उपलब्ध गराउन थ्री एस सेवा सञ्चालन गरिएको कम्पनीकी सञ्चालक अनिता रानाभाटले जानकारी दिइन् । उनका अनुसार यसअघि पोखरा र यस क्षेत्रका बिवाइडी ग्राहकले कम्पनीबाट तालिमप्राप्त थर्ड पार्टी सर्भिस पार्टनरमार्फत बिक्रीपछिको सेवा प्राप्त गर्दै आएका थिए । तर, अब सर्भिस सेन्टर सञ्चालनमा आएसँगै ग्राहकले बिवाइडीकै अत्याधुनिक प्राविधिक सेवा, जेन्युइन स्पेयर पार्टस्, विशेष उपकरण तथा कम्पनीबाट तालिमप्राप्त प्राविधिकको सेवा प्राप्त गर्नेछन् । 

साइमेक्स इंकका हेड अफ सर्भिस सुशील तन्डुकारले विश्वस्तरीय पूर्वाधार, दक्ष प्राविधिक, जेन्युइन स्पेयर पार्टस् तथा ग्राहककेन्द्रित सेवामार्फत उत्कृष्ट सेवा प्रदान गर्ने कम्पनीको प्रतिबद्धता रहेको बताए । 

सेन्टरमा ग्राहकले नियमित मर्मत सेवा, ब्याट्री परीक्षण, मेकानिकल तथा इलेक्ट्रिकल रिपेयर, डेन्ट तथा पेन्ट सेवा, रोडसाइड असिस्टेन्स, वारेन्टी सर्भिस, जेन्युइन स्पेयर पार्टस्का साथै डेडिकेटेड सर्भिस एड्भाइजर र सिआरएम टोलीमार्फत सेवा प्राप्त गर्न सक्ने उनले बताइन् । 

See More On

सुझावित समाचार