राष्ट्रका समस्या समाधान गर्ने क्षमता एमालेसँग मात्रै छ : शंकर पोखरेल

शनिबार, २३ साउन, २०८३
डिजिटल संस्करण

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालको वर्तमान राजनीतिक चुनौती समाधान गर्ने क्षमता एमालेसँग मात्र रहेको दाबी गरेका छन्। उनले प्रमुख राजनीतिक दलहरूले आफ्ना कमजोरी सच्याउँदै अघि बढ्नु नै देशको राजनीतिक भविष्यका लागि उपयुक्त बाटो भएको बताए ।

शनिबार नेकपा (एमाले) तारकेश्वर नगर कमिटीले आयोजना गरेको ‘मिसन पार्टी जागरण २०८३’ तथा पुष्पलाल स्मृति दिवस कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पार्टी र आन्दोलन कमजोर हुनुका कारण पहिचान गरी समाधान गर्नु अहिलेको मुख्य सांगठनिक जिम्मेवारी रहेको बताए ।

उनले एमालेले वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा थप एकताबद्ध हुँदै अघि बढ्न शुद्धीकरण, सुदृढीकरण र रूपान्तरण आवश्यक रहेको उल्लेख गरे ।

पोखरेलले निर्वाचनमा पार्टीले अपेक्षित परिणाम ल्याउन नसकेको स्वीकार गर्दै जनताको भावना र मनोविज्ञान बुझेर अघि बढे एमालेले आगामी चुनौती सामना गर्न सक्ने दाबी गरे ।

सुझावित समाचार