जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले रत्नपार्कदेखि सूर्यविनायकको जगातीसम्म मेट्रोरेल सेवा सञ्चालन गर्न प्रस्ताव गरेको छ । पूर्वाधारतर्फ नभएर सार्वजनिक यातायात कार्यक्रमअन्तर्गत जाइकाले १४.६ किलाेमिटर लामो मेट्रोरेल सेवा सञ्चालन गर्न प्रस्ताव गरेको छ ।
दीर्घकालीन योजनाअन्तर्गत राखिएको यो परियोजना २०५० भित्र सञ्चालनमा ल्याउनुपर्ने प्रस्ताव गरिएको छ। मास ट्रान्जिटअन्तर्गत यो प्रस्ताव गरिएको हो। यस विषयमा थप विस्तृत अध्ययन आवश्यक रहेको सहसचिव ढकालले जानकारी दिए । यसैगरी, चक्रपथमा द्रुत बस सेवा (बिआरटी) सञ्चालन गर्न पनि प्रस्ताव गरेको छ।
वित्तीय रूपमा आकर्षक नभएपछि यसअघि लगानी बोर्डको कार्यालय चक्रपथमा द्रुत बस सेवा परियोजना बनाउने योजनाबाट पछि हटिसकेको छ। त्यो अवस्थामा जापानले चक्रपथमा बिआरटी सञ्चालन गर्न प्रस्ताव गरेको छ। मध्यकालीन योजनामा राखिएको बिआरटी २०४० सम्म सञ्चालनमा ल्याउने भनिएको छ।