जेन–जी आन्दोलनमा झुम्का कारागारबाट फरार कैदी तेह्रथुमबाट पक्राउ

बिहिबार, २१ साउन, २०८३
डिजिटल संस्करण

जेन–जी आन्दोलनका क्रममा सुनसरीस्थित झुम्का कारागारबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका एक कैदीलाई तेह्रथुम प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तेह्रथुमको लालीगुराँस नगरपालिका– ८, सोल्माका ३५ वर्षीय छत्रबहादुर नेपाली रहेका छन्। सम्मानित जिल्ला अदालत तेह्रथुमको फैसलाअनुसार उनलाई २० वर्ष कैद सजाय तोकिएको थियो। उनी नाै वर्ष कैद सजाय भुक्तान गर्न बाँकी रहँदा सुनसरीको झुम्का कारागारमा सजाय भुक्तान गरिरहेका थिए।

प्रहरीका अनुसार ०८२ साल भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा उनी झुम्का कारागारबाट फरार भएका थिए। फरारपछि आफ्नै घरमा लुकिछिपी बसेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय वसन्तपुरबाट प्रहरी निरीक्षक रूपेश तामाङको नेतृत्वमा खटिएको टोलीले साउन २१ गते राति करिब २ बजे उनको घरबाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेका नेपालीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

See More On

सुझावित समाचार