दाङमा आफ्नै भाइबुहारीमाथि करणी गर्ने जेठाजुविरुद्ध मुद्दा दायर

बिहिबार, २१ साउन, २०८३
डिजिटल संस्करण

दाङको बबई गाउँपालिकामा आफ्नै भाइबुहारी नाता पर्ने २२ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक व्यक्तिविरुद्ध जिल्ला अदालत दाङमा अभियोगपत्र दायर गरिएको छ। सरकारी वकिल कार्यालयले अभियुक्तविरुद्ध बुधबार अभियोगपत्र दायर गरेको हो। 

गएको असार २६ गते बिहान करिब ४ बजेतिर बबई गाउँपालिका– ४ स्थित पीडितकै सुत्ने कोठामा प्रवेश गरी जेठाजुले डर–त्रास देखाई जबर्जस्ती करणी गरेको अभियोगपत्रमा उल्लेख छ ।

अदालतमा दर्ता गरिएको अभियोगपत्रअनुसार, पीडित महिला आफ्नो कोठामा सुतिरहेको अवस्थामा अभियुक्तले भित्र प्रवेश गरी मुख थुनेर र ज्यान मार्ने धम्की दिएर उनको इच्छाविपरीत कृत्य गरेका थिए ।  सुरक्षा र गोपनीयता कायम राख्न अदालतको निर्देशिकाबमोजिम पीडितलाई ‘५६ तुलसीपुर ०८३–०१’ र अभियुक्तलाई ‘५६ तुलसीपुर ०८३–०२’ संकेत नाम दिइएको छ । मिसिलमा उल्लेख भएअनुसार अभियुक्त र पीडितका श्रीमान् सहाेदर दाजुभाइ हुन् । पीडितले प्रतिकार गर्न खोज्दा अभियुक्तले थप डर–त्रास देखाएको र घटनापछि उनी तत्काल फरार भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

See More On

सुझावित समाचार