पाकिस्तानी बक्सर होटेलबाट भागे

बुधबार, २० साउन, २०८३
डिजिटल संस्करण

स्कटल्यान्डको ग्लासोमा चलिरहेको कमनवेल्थ खेलकुद प्रतियोगितामा सहभागी पाकिस्तानी बक्सर कुदर तुल्लाह होटेलबाटै भागेका छन् । पाकिस्तान बक्सिङ महासंघले आफ्ना खेलाडी होटेल रुममा नभएको र उनी सर्म्पकविहीन भएको जानकारी आयोजकलाई दिएको छ । होटेलबाट बेपत्ता भएका कुदर तुल्लाहको पासपोर्ट भने उनका टिम म्यानेजरसँगै छन् ।

पिटिआईले खेलाडी भाग्दा बक्सिङ संघका पदाधिकारीमाथि शंका गरेको छ । कमनवेल्थ खेलमा कुदरले राउन्ड अफ ३२ मा फिजीका जोनलाई ५–० ले हराएका थिए । त्यसपछि उनी उत्तरी आयरल्यान्डका जुडबाट ०–४ ले पराजित भए । यस खेलको समाप्तिपछि कुदर अफिसियलसँगै होटेल फर्केका थिए । होटेलमा सबै आराम गरिरहेको मौका छोपेर उनी भागेको पिटिआईले जनाएको छ । होटेलमा अन्तिमपटक मंगलबार बिहान दुई बजेसम्म उनको सिसिटिभीमा फुटेज देखिएको छ । त्यसपछि उनको उनको कुनै फुटेज देखिँदैन ।

पाकिस्तानी अधिकारीहरूले कुदरले आफ्ना लगेज होटेल रुममै छाडेका छन् । ग्लासोमा लुकेका कुदरको पाकिस्तान फर्कने टिकटसमेत म्यानेजरसँग छ । यस्तो अवस्थामा उनी स्कटल्यान्डमा धेरै समयसम्म लुकेर बस्न नसकिने जनाइएको छ । सन् २०२२ मा इंग्ल्यान्डमा भएको कमनवेल्थ खेलकुदमा पाकिस्तानी बक्सर सेलमान बलोच र नजिरउल्लाह पनि भागेका थिए । सन् २०२४ मा इटालीमा भएको ओलम्पिक छनोटमा एसियाली पदक विजेता जोहेव रसिन पनि भागेका थिए । 

See More On

सुझावित समाचार