कर्ण इन्टरटेनमेन्टले गर्‍यो चलचित्र ‘पच्चीस पच्चीस’को घोषणा

मंगलबार, १९ साउन, २०८३
डिजिटल संस्करण

कर्ण इन्टरटेनमेन्टको ब्यानरमा नेपाली चलचित्र ‘पच्चीस पच्चीस’ निर्माण हुने भएको छ। दरबारमार्गस्थित कासा लाउन्ज बारमा सोमबार विशेष समारोहबिच चलचित्रको शीर्षकसँगै निर्माण टोली र मुख्य कलाकारहरूबारे औपचारिक घोषणा गरिएको हो।

चलचित्रलाई रंगपत्रकारिता तथा निर्देशनमा लामो अनुभव सँगालेका सुव्रत आचार्यले निर्देशन गर्दै छन्। चलचित्रका निर्माता कर्ण कार्की बैंक, क्याफे, सलुन तथा एक्स्पोर्ट–इम्पोर्टजस्ता व्यापारिक क्षेत्रमा सक्रिय छन्। उनले गत वर्ष ‘होस्टेल ३’मार्फत चलचित्र निर्माणमा पाइला चालेका थिए।

चलचित्रको सहनिर्मातामा अजय न्यौपाने र धीरेन्द्रलाल कर्ण छन् भने कार्यकारी निर्माताको जिम्मेवारी दीपेन्द्र गौतम ‘माइकल’ले सम्हालेका छन्। लाइन प्रोड्युसरका रूपमा प्रकाश कँडेल र मनीषा राउत छन्।

चलचित्रमा अभिषेक खड्का, खुसी कार्की र प्रमोद अग्रहरी मुख्य भूमिकामा देखिनेछन्। भक्ते भाइको नामले परिचित दार्जिलिङका कमेडी कन्टेन्ट क्रिएटर अमित सुब्बाको समेत अभिनय रहनेछ। 

चलचित्रको कथा सुव्रत आचार्य र जयाको रहेको छ भने पटकथा लेखन सुशील देवकोटाले गरेका हुन्। हरि हुमागाईंले यस चलचित्रको छायांकन निर्देशन गर्दै छन् भने पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेनको रहनेछ।

सुझावित समाचार