बडिमालिका नगरपालिका– ७, धम्कनेमा विषालु जंगली च्याउ खाँदा एकजनाको मृत्यु भएको छ भने एकजना बिरामी परेका छन्।
स्थानीय ५१ वर्षीय रामे थापा र उनकी करिब ५० वर्षीया श्रीमती नाम्सरी थापाले विषालु जंगली च्याउ सेवन गरेपछि उनीहरूको स्वास्थ्य अवस्था बिग्रिएको थियो। दुवैजनालाई राति १०:२० बजे उपचारका लागि जिल्ला अस्पताल मार्तडी पुर्याइएको थियो।
अस्पतालमा चिकित्सकले परीक्षण गर्ने क्रममा राति १०:४० बजे रामे थापालाई मृत घोषणा गरेका थिए। गम्भीर बिरामी रहेकी नाम्सरी थापाको जिल्ला अस्पताल मार्तडीमै उपचार भइरहेको छ। घटनाबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको जनाएको छ।