सामसङ प्लाजाको १६औँ सोरुम सञ्चालनमा

मंगलबार, १९ साउन, २०८३
डिजिटल संस्करण

हिम इलेक्ट्रोनिक्सद्वारा सञ्चालित सामसङ प्लाजाले काठमाडौंको कालीमाटीमा आफ्नो १६औँ सोरुम सञ्चालनमा ल्याएको छ । यससँगै सामसङ प्लाजाले आफ्नो खुद्रा बिक्री सञ्जाललाई थप विस्तार गर्दै यस क्षेत्रका ग्राहकलाई सक्कली सामसङ उत्पादन अझ नजिकबाट उपलब्ध गराउने कम्पनीले जनाएको छ । 

सोरुम उद्घाटन सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ युके जङ र हिम इलेक्ट्रोनिक्सकी निर्देशक सीमा गोल्छाले संयुक्त रूपमा गरेका हुन् । सोरुममा सामसङका नवीनतम स्मार्टफोन, टेलिभिजन, घरायसी उपकरण तथा अन्य इलेक्ट्रोनिक उत्पादनहरूसहित सक्कली सामसङ उत्पादनहरूको विस्तृत शृंखला उपलब्ध हुने बताइएको छ ।

ग्राहकले विशेष उद्घाटन अफरका साथै आधुनिक किनमेल अनुभव तथा तालिमप्राप्त कर्मचारीबाट व्यावसायिक परामर्शसमेत प्राप्त गर्न सक्नेछन् । कालीमाटी सोरुम सञ्चालनमा आउनुले नवीन प्रविधि, गुणस्तरीय उत्पादन र भरपर्दो ग्राहक सेवालाई उपभोक्तामाझ अझ सहज रूपमा पुर्याउने सामसङ प्लाजाको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने बताइएको छ । 

सुझावित समाचार