आफैँले बोकेको भरुवा बन्दुक पड्‌किँदा एकजना गम्भीर घाइते

शुक्रबार, १५ साउन, २०८३
डिजिटल संस्करण

काभ्रेको मन्डनदेउपुर नगरपालिका– १, गैरीगाउँका ४६ वर्षीय थामी तामाङ आफैँले बोकेको भरुवा बन्दुक अचानक पड्किँदा गम्भीर घाइते भएका छन्।

तामाङ घरदेखि करिब दुई किलोमिटर पश्चिमतर्फ रहेको खेतमा जंगली बँदेलले मकैबाली नष्ट गरेको भन्दै बँदेल मार्न भरुवा बन्दुक बोकेर गएका थिए। सोही क्रममा बन्दुक पड्किएर लाग्दा उनी गम्भीर घाइते भएका प्रहरीले जनाएको छ।

घटनापछि तामाङलाई उपचारका लागि काठमाडौंस्थित वीर अस्पताल ल्याइएको छ। उनको दाहिने कोखा र पिठ्युँमा चोट लागेको बताइएको छ।

सुझावित समाचार