वीरगन्जमा शनिबार बिहान ६ बजेसम्म निषेधाज्ञा

शुक्रबार, १५ साउन, २०८३
डिजिटल संस्करण
वीरगन्जमा शनिबार बिहान ६ बजेसम्म निषेधाज्ञा

फाइल तस्बिर

पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा निषेधाज्ञा यथावत् गरिएको छ। जिल्ला सुरक्षा समितिले शुक्रबार साँझ ५ बजेदेखि भोलि शनिबार बिहान ६ बजेसम्म वीरगन्जमा निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो। यसअघि बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म निषेधाज्ञा जारी गरिएको थियो। 

पूर्वमा प्रतिमा चोकदेखि बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेट क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

यो क्षेत्रभित्र पाँचजनाभन्दा बढी मानिस भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न पाइनेछैन। निषेधाज्ञाको आदेश उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गरिने प्रशासनको चेतावनी छ।

सुझावित समाचार