नेपालमा नेपालमा युवा तथा प्रशिक्षार्थी चिकित्सक (इन्टर्न र आवाशीय चिकित्सक) हरूको सिकाइको नाममा चरम शोषण हुने गरेको भन्दै संघर्ष समितिले प्रदर्शन गरेको छ। सरकारलाई यो विषयमा ध्यानाकर्षण गराउन भन्दै उनीहरुले ब्यानर प्लेकार्डसहित विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरूले शान्तिपूर्ण गरेका छन्। प्रदर्शनकारीहरूले जय महाकाली, आयोग गोरखाली, श्रम शोषणविरुद्ध लड्ने हो यसपाली, रातभरि नसुतेको डाक्टर बिरामी छु,स्वास्थ्य सेवा बिरामी छ देश बिरामी छ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।








