सन् २०२६ को फिफा विश्वकप फुटबल प्रतियोगिताको फाइनलअघिसम्म कुल १४ आत्मघाती गोल भएका छन् । जसमध्ये एक खेलाडीले दुई खेलमा आत्मघाती गोल गर्न पुगे । इजिप्टका मोहमद हागीले बेल्जियम र अस्ट्रेलियाविरुद्ध आत्मघाती गोल गरेका हुन् । एकै विश्वकपमा आफ्नै पोस्टमा गोल गर्ने उनी पहिलो खेलाडी बनेका छन् । इजिप्ट क्वार्टरफाइनलमा अर्जेन्टिनाबाट ३–२ ले पराजित भएको थियो ।
आत्मघाती गोल गर्नेमा न्युजिल्यान्डका क्यामरुन, कप भार्डेका डियनी, इरानका अमेन हुसेन, जोर्डनका याजना अल, मोरोक्कोका यासिन, पाराग्वेका डामिअनले एक–एक आत्मघाती गोल गरेका थिए । यसैगरी प्रतियोगितामा कतारका मोहमद, कतारकै मानायी, साउदी अरेबियाका हसन अल, स्विट्जरल्यान्डका मिरो, ट्युनिसियाका इयेस तथा उज्वेकिस्तानका अब्दुहिदले आत्मघाती गोल गरे ।