सुनचाँदीको मूल्यमा वृद्धि

आइतबार, ३ साउन, २०८३
डिजिटल संस्करण

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। गत शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला रु. एक हजार नाै सयले वृद्धि भई रु. दुई लाख ८४ हजार पुगेको छ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज प्रतितोला चाँदीको मूल्य पनि रु. ४० ले बढेर रु. चार हजार २४० निर्धारण गरिएको छ।

गत शुक्रबार प्रतितोला सुन रु. दुई लाख ८२ हजार एक सय र चाँदी रु. ४ हजार दुई सयमा कारोबार भएको थियो।

सुझावित समाचार