नेपाल–भारत ऊर्जा बैठक सुरु

बुधबार, ३१ असार, २०८३
डिजिटल संस्करण

नेपाल–भारत ऊर्जासचिव र सहसचिवस्तरीय १३औँ संयुक्त बैठक पोखरामा सुरु भएको छ । मंगलबार सहसचिवस्तरीय जोइन स्टेयरिङ कमिटी (जेडब्लुजी)को बैठक भएको छ । बुधबार भने सविचस्तरीय संयुक्त निर्देशक समिति (जेएसी)को बैठक हुने बताइएको छ ।

मंगलबारको बैठकमा भएका विभिन्न एजेन्डामा छलफलबारे बुधबार सचिवस्तरीय बैठकमा प्रस्ताव गरिनेछ । त्यसका आधारमा द्विपक्षीय सहमति तथा सम्झौता हुनेछन् ।

बुधबारको बैठकलाई ऊर्जासचिव सरिता दवाडीले नेतृत्व गर्नेछिन् । भारतका तर्फबाट परराष्ट्र मन्त्रालयका अतिरिक्त सचिव मनु महावारले नेतृत्व गर्नेछन् ।

यसअघिको बैठकमा भारतको विद्युत् मन्त्रालयका सचिव नै उपस्थिति हुने अभ्यास भए पनि यसपटक परराष्ट्र मन्त्रालयका अतिरिक्त सचिव उपस्थित हुनेछन् । ऊर्जा मन्त्रालयका प्रवक्ता सन्दीपकुमार देवले बुधबार ऊर्जा सहकार्यसम्बन्धी विभिन्न विषयमा सहमति हुने बताए ।

सुझावित समाचार