होल्डिङ सेन्टर पुगेका जेन–जी अगुवा पक्राउ

शनिबार, २७ असार, २०८३
डिजिटल संस्करण

कीर्तिपुरस्थित बाढी तथा डुबान प्रभावित सुकुमवासीलाई राखिएको होल्डिङ सेन्टर अनुगमन गर्न पुगेका जेन–जी अगुवा माजिद अन्सारी, सरिष्मा थापालगायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रत्यक्षदर्शीका अनुसार अन्सारीलाई प्रहरीले बल प्रयोग गर्दै नियन्त्रणमा लिएको थियो। पक्राउका क्रममा उनले पक्राउ पुर्जी मागे पनि प्रहरीले उनीहरूलाई प्रहरी भ्यानमा राखेर लगेको बताइएको छ।

घटनापछि नेपाल जेन–जी मुभमेन्ट अलायन्सले राज्यले नागरिकको शान्तिपूर्ण निगरानी र अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गरेको आरोप लगाएको छ। प्रहरीले भने घटनाबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन।

सुझावित समाचार