केवाइसी अद्यावधिक गर्न सानिमा रिलायन्सको आग्रह

शुक्रबार, २६ असार, २०८३
डिजिटल संस्करण

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्ना बिमितलाई केवाइसी विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । कम्पनीले नेपाल बिमा प्राधिकरणबाट जारी सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आमविनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०८२ बमोजिम केवाइसी विवरण अद्यावधिक गर्न भनेको हो ।

विवरण अद्यावधिक नजिकका शाखा वा उपशाखामार्फत गर्न सकिनेछ । भौतिक रूपमा उपस्थित हुन नसकेमा कम्पनीको वेबसाइटबाट फाराम डाउनलोड गरी भरेर इमेलमार्फत वा ह्वाट्सएपमा पठाएर पनि अद्यावधिक गर्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

सुझावित समाचार