कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बाजुराको गौमुल गाउँपालिकाभित्र रहेका ६ वटा सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन उपलब्ध गराएको छ।
बैंकले गाउँपालिकासँगको समन्वयमा वडा नं ५ को मानाकोट मावि, वडा नं २ को जनज्योति मावि र फूलपाता मावि, वडा नं १ को अम्लिश मावि, वडा नं ६ को किर्तिचौर मावि र वडा नं ३ को बालविकास माविलाई ग्रामीण तथा दुर्गम भेगका विद्यालयहरूमा सूचना तथा सञ्चार प्रविधिमा आधारित शिक्षण सिकाइलाई प्रवर्द्धन गर्ने, विद्यार्थीको डिजिटल शिक्षामा पहुँच विस्तार गर्ने तथा गुणस्तरीय शिक्षाको अवसरलाई थप सुदृढ बनाउने लक्ष्यसहित स्मार्ट टेलिभिजन वितरण गरेको बैंकले जनाएको छ।
भौगोलिक कठिनाइका कारण आधुनिक शैक्षिक स्रोत–साधनको पहुँच सीमित रहेको गौमुल क्षेत्रका विद्यालयहरूमा यस सहयोगले शिक्षण सिकाइ प्रक्रियालाई थप प्रभावकारी, रोचक र प्रविधिमैत्री बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।