साल्ट ट्रेडिङका सहायक प्रबन्धक झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बिहिबार, १८ असार, २०८३
डिजिटल संस्करण

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका सहायक प्रबन्धक मनोजकुमार झाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सेवा प्रवेश तथा बढुवा लिएको आरोपमा अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

झाले सन् १९९८ मा बोध गयास्थित मगध विश्वविद्यालयको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी २०६४ सालमा साल्ट ट्रेडिङ कर्पोरेसनको प्रमुख सहायक (सहायक केमिस्ट) पदमा नियुक्ति लिएका आरोपपत्रमा उल्लेख छ। साथै, सोही प्रमाणपत्र पेस गरी सहायक प्रबन्धक (सातौँ तह) पदमा बढुवा भई लाभ लिएको अख्त्यिारले जनाएको छ।

अख्त्यिारले झामाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा कैद र जरिवाना सजाय मागदाबी गरेको छ।

सुझावित समाचार