सूर्यज्योति लाइफ आइक्यानको राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डमा सम्मानित

बिहिबार, १८ असार, २०८३
डिजिटल संस्करण

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थान (आइक्यान)द्वारा आयोजित नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट– २०२५ अवार्डअन्तर्गत लाइफ इन्स्योरेन्स क्याटागोरीमा ‘सर्टिफिकेट अफ मेरिट’ सम्मान प्राप्त गरेको छ।

आइक्यानद्वारा सिएफओ कनक्लेभ २०२६ सँगै मंगलबार होटेल याक एन्ड यतीमा आयोजित समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले कम्पनीको तर्फबाट उक्त सम्मान ग्रहण गरेका थिए।

यो सम्मानले सूर्यज्योति लाइफले वित्तीय प्रतिवेदनको गुणस्तर, पारदर्शिता, जवाफदेहिता, संस्थागत सुशासन तथा सरोकारवालामुखी सूचनाको प्रभावकारी प्रस्तुतीकरणप्रति निरन्तर अवलम्बन गर्दै आएको उच्च प्रतिबद्धतालाई थप पुष्टि गरेको कम्पनीको दाबी छ।

सुझावित समाचार