रास्वपाका नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यले लिए शपथ

बुधबार, १७ असार, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले शपथग्रहण गरेका छन्।

वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टी सभापति रवि लामिछानेले नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ गराएका हुन्।

रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा भएको थियो। महाधिवेशनबाट ६ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका थिए।

शपथग्रहणपछि सभापति लामिछानेले नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई घन्टीजडित मायाको चिनो र प्रमाणपत्र प्रदान गरेका छन्।

See More On

सुझावित समाचार