सुनचाँदीको मूल्यमा सामान्य गिरावट

बुधबार, १७ असार, २०८३
डिजिटल संस्करण

बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । मंगलबारको तुलनामा सुन आज तोलामा ६ सय रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला दुई लाख ७७ हजार तीन सय रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार २७० रुपैयाँ कायम भएको छ।

हिजो मंगलबार एक तोला सुन दुई लाख ७७ हजार नाै सय र चाँदी चार हजार २८५ रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन ९८६ र चाँदी ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सुझावित समाचार