पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले सरकारको हस्तक्षेपका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) निलम्बन भएको बताएका छन्।
मंगलबार पार्टीनिकट अखिल नेपाल फुटबल महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन्। ‘सरकारले पनि ध्यान दिनुपर्ने हो, सरकारले हस्तक्षेप गरेर एन्फा अन्तर्राष्ट्रिय खेलमै प्रतिबन्ध लाग्ने स्थितिमा पुगेको छ,’ उनले भने।
खेलाडीका कारण देशको प्रतिष्ठा बढ्न सक्ने उल्लेख गर्दै अध्यक्ष ओलीले एन्फाको वर्तमान अवस्था बदल्नुपर्ने बताए। टुप्पोमा परिवर्तन गर्न खोजेर नहुने स्पष्ट पार्दै उनले परिवर्तन जरादेखि नै गर्नुपर्ने बताए।