दाङको एक खानेपानी समितिमा कांग्रेस, एमाले र रास्वपाको गठबन्धनलाई हराउँदै नेकपा विजयी

शनिबार, १३ असार, २०८३
डिजिटल संस्करण

दाङको एक खानेपानी समितिमा कांग्रेस, एमाले र रास्वपाको गठबन्धनलाई हराउँदै नेपाली कम्युनिस्ट पार्टी(नेकपा) विजयी भएको छ। दंगीशरण गाउँपालिका वडा नं. ७ स्थित बुटनिया–बुट्टीपुर खानेपानी तथा सरसफाइ आयोजना समितिको शनिबार भएको निर्वाचनमा रास्वपाका एकजना सदस्यबाहेक अन्य सबै पदाधिकारी तथा सदस्यमा नेकपा नै विजयी भएको हो।

नेकपाका दाङ जिल्ला सदस्य वीरबहादुर वली(बिरु)का अनुसार ११ सदस्यीय रहेको समितिमा नेकपाका देशुराम चौधरीको अध्यक्षताको टिम विजजी भएको हो।

जसको उपाध्यक्षमा नानीमैया भण्डारी, सचिवमा कृपाल चौधरी, कोषाध्यक्षमा गोमा बुढाथोकी निर्वाचित भएका छन्। त्यस्तै, सदस्यहरूमा डिल्लीबहादुर चौधरी, सीता चौधरी, डिला कुँवर, हेमबहादुर बुढामगर, राधिका चौधरी, इन्द्रबहादुर चौधरी  र पूर्णबहादुर चौधरी विजयी भएका हुन्। सदस्यमा निर्वाचित पूर्णबहादुर मात्रै रास्वपा समर्थित हुन्। 

सुझावित समाचार