धनगढीमा तीन दिनदेखि बेपत्ता बालकको शव फेला

शुक्रबार, १२ असार, २०८३
डिजिटल संस्करण

कैलालीको धनगढीमा तीन दिनदेखि हराएका बालक मृत फेला परेका छन्। धनगढी उपमहानगरपालिका– १७, धुर्चन्नाका १० वर्षीय चनुज चौधरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

स्थानीय कालिका सामुदायिक वनको जंगलमा उनको शव शुक्रबार बेलुकी फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए। उनका अनुसार बुधबार बेलुकी बालक बेपत्ता भएको खबर प्रहरीलाई आएको थियो।

शव हेर्दा हत्या भएको हुन सक्ने देखिएको प्रहरीले जनाएको छ। घटनास्थलमा रगत र रगत लागेको ढुंगाहरू देखिएको छ। ‘घटना शंकास्पद छ, शव र घटनास्थलको प्रकृतिबारे थप जानकारी आइसकेको छैन,’ प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले भने।

सुझावित समाचार