राष्ट्रिय स्वतन्त्र पार्टीको महिला उपसभापतिमा कानुनमन्त्री सोविता गौतम विजयी भएकी छिन्।
चितवनमा जारी महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा गौतम ७८९ मतसहित निर्वाचित हुँदा उनकी प्रतिस्पर्धी डा. तोसिमा कार्कीले ५७२ मत ल्याइन्।
तीन उपसभापति रहने रास्वपामा स्वर्णिम वाग्ले यसअघि नै निर्विरोध भइसकेका छन् भने एकजना मनोनीत हुनेछन्।