रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनमा ७६ प्रतिशत मत खस्यो

बिहिबार, ११ असार, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य निर्वाचनमा ७६ प्रतिशतभन्दा धेरै मत खसेको छ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार कुल तीन हजार ८४९ मतदातामध्ये दुई हजार ९५९ जनाले मतदान गरेका छन्। प्रतिशतमा यो ७६.८० हो।

प्रतिनिधिहरूबाट विद्युतीय मतदान सकिएपछि अहिले प्रवासबाट प्रतिनिधिहरूले मोबाइल एपमार्फत मतदान गरिरहेका छन्। अबको केहीबेरमा ९९ केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक गरिने आयोगले जनाएको छ।

सुझावित समाचार