नेपाली बजारमा बिहीबार सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा पाँच हजार दुई सय र चाँदी २५० रुपैयाँले घटेको हो । आजका लागि सुनको मूल्य प्रतितोला दुई लाख ७८ हजार तीन सय र चाँदी चार हजार २३५ निर्धारण भएको छ ।
बुधबार एक तोला सुन रु. दुई लाख ८३ हजार पाँच सयमा कारोबार भएको थियो । एक तोला चाँदी चार हजार ४८५ मा कारोबार भएको थियो ।
मंगलबार एक तोला सुन रु. दुई लाख ८७ हजार एक सय र त्यति नै परिमाणको चाँदी रु. चार हजार ५९० मा खरिद–बिक्री भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ९९९ अमेरिकी डलरमा खरिद–बिक्री भइरहेको छ ।