गैरकानुनी चिकित्सा अभ्यास गरेको आरोपमा चेतना पौडेल पक्राउ

बुधबार, १० असार, २०८३
डिजिटल संस्करण

आफू चिकित्सक भएको भनेर बिरामीलाई भ्रममा राखी उपचार गरेको आरोपमा चेतना पौडेललाई प्रहरीले पक्राउ गरेको छ। चन्द्रागिरी- ८ स्थित स्पार्क इन्टरनेसनल हेल्थ रिसोर्टमा कार्यरत ४७ वर्षीय पौडेललाई केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले मंगलबार पक्राउ गरेको हो। 

नेपाल मेडिकल काउन्सिलको अनुसन्धान प्रतिवेदनका आधारमा पौडेललाई पक्राउ गरिएको सिआइबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराले बताए। आफूलाई न्याचुरोप्याथी चिकित्सक दाबी गर्दै आएकी पौडेलले नपाएको चिकित्सकको उपाधि प्रयोग गरेको काउन्सिलको छानबिनबाट देखिएको थियो। उनले आधुनिक चिकित्सा निदानमा संलग्न रहेको र बिरामीलाई औषधिसमेत प्रेस्क्रिप्सन गरेको पुष्टि भएपछि काउन्सिलले कारबाहीका लागि प्रहरीलाई पक्राउ गरेको हो। 

उनलाई इलाजसम्बन्धी कसुरमा अदालतबाट थुनामा राख्न म्याद लिएर अनुसन्धान अघि बढाइएको एसएसपी जबराले बताए।  

सुझावित समाचार