जुम्लाका सबै स्थानीय तहले ल्याए नीति-कार्यक्रम र बजेट

बुधबार, १० असार, २०८३
डिजिटल संस्करण

जुम्लाका सबै स्थानीय तहले निर्धारित समयमै आगामी वर्ष ०८३/८४ का लागि बजेटसहित नीति तथा कार्यक्रम ल्याएका छन्। शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगार, पूर्वाधार, विकास निर्माणलाई प्रथामिकता दिँदै स्थानीय तहहरुले बजेट र नीति कार्यक्रम ल्याएका हुन्।

जिल्लाको एक मात्रै नगरपालिका चन्दननाथले आगामी आर्थिक वर्षका लागि ५९ करोड ४६ लाख ७१ हजार ४२७ रुपैयाँको बजेट ल्याएको छ। तातोपानी गाउँपालिकाले ५४ करोड २८ लाख ८ हजार, पातारासी गाउँपालिकाले ४५ करोड ४६ लाख ६ हजार ५३९ र तिला गाउँपालिकाले ५० करोड ५१ लाख ७१ हजार रुपैयाँको बजेट ल्याएको छ।

हिमा गाउँपालिकाले ४३ करोड ७९ लाख ६६ हजार, सिँजा गाउँपालिकाले ४५ करोड ४८ लाख १८ हजार ५५७ रुपैयाँ र कनकासुन्दरी गाउँपालिकाले ४५ करोड १२ लाख ७७ हजार ९७४ रुपैयाँको बजेट ल्याएका छन्।

गुठीचौर गाउँपालिकाले भने असार ९ गते नै २३औँ गाउँसभाबाट ३८ करोड ३६ लाख ८३ हजार १३२ रुपैयाँको बजेट ल्याइसकेको छ।

सुझावित समाचार