गर्मी बढेपछि वीरगन्ज महानगरपालिकाले बिहीबारदेखि लागू हुने विद्यालयहरूमा बिदा दिएको छ। महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा वार्षिक बिदाबाट कट्टा हुने गरी गर्मी बिदा दिइएको हो।
विद्यालयहरू अब असार १५ गते सोमबारदेखि सञ्चालन हुने महानगरको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ। शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेका अनुसार महानगरपालिकाभित्रका बालविकासदेखि १२ कक्षासम्म सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द रहनेछन्।
अत्यधिक गर्मीका कारण बालबालिकामा पर्ने स्वास्थ्य समस्यालाई मध्यनजर गरेर विद्यालय बिदा दिइएको उनले बताए।