कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका–२, अरनिकोस्थित अरनिको आधारभूत विद्यालयका विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
पुनर्वास–४ का स्थानीय वसन्त न्यौपानेले मंगलबार एक कार्यक्रमबिच विद्यालयकी प्रधानाध्यापक सरुमाया तामाङलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन्।
आफू जोडिएको बिभी नेपालमार्फत विद्यार्थीलाई झोला कापी, कलम, साइनपेनसहितका सामग्री वितरण गरिएको न्यौपानेले बताए। उनीहरूको अध्ययनमा टेवा पुर्याउने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको उनको भनाइ छ।