बर्दियामा करिब २३ लाख रुपैयाँबराबरको मोबाइल सेट बरामद

मंगलबार, ९ असार, २०८३
डिजिटल संस्करण

बर्दियामा प्रहरीले करिब २३ लाख  रुपैयाँबराबरको मोबाइल बरामद गरेको छ । बढैयाताल गाउँपालिका– २, फुटाहाबाट प्रहरी २२ लाख ६८ हजार २८ रुपैयाँबराबरको मोबाइल बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त सूचना अधिकारी  प्रहरी निरीक्षक लोकराज अवस्थीले सोमबार राति साढे ११ बजे भारतको सीमानाकानजिक ६ वटा बोरामा ल्याइएको  लाभा A3 टर्च किप्याड मोबाइल ५४० थान र लाभा  A7 टर्च किप्याड मोबाइल ४३२ सेट गरी जम्मा मोबाइल फोन ९७२ सेट  मोबाइल सेट  बरामद गरेको बताए । 

उनले भने, ‘बरामद गरिएको मोबाइल सेटको बजारमूल्य अनुमानित २२ लाख ६७ हजार २८ रुपैयाँ रहेको छ । बरामद गरिएको मोबाइल सेट आवश्यक कानुनी प्रक्रिया  पूरा गरी कारबाहीका लागि राजापुर भन्सार कार्यालय पठाइएको छ ।’

सुझावित समाचार