मालवाहक ट्रकबाट प्रतिबन्धित औषधि ट्रामाडोल बरामद

मंगलबार, ९ असार, २०८३
डिजिटल संस्करण

वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको एक मालवाहक ट्रकबाट प्रहरीले ठुलो परिमाणमा प्रतिबन्धित औषधि बरामद गरेको छ। राजस्व छलीको आशंकामा नियन्त्रणमा लिइएको ट्रक जाँच गर्ने क्रममा एक लाख २० हजार ६२० क्याप्सुल प्रतिबन्धित ‘ट्रामाडोल’ फेला परेको प्रहरीले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले असार ८ गते साँझ करिब ७ बजे राजस्व छलीको आशंकामा बा.प्र. ०३-००१ ख ३३४६ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिई बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका- १ स्थित राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाइएको छ।

सुझावित समाचार