जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनको ऐतिहासिक जिम्मेवारी रास्वपाको काँधमा आएको बताएका छन्। चितवनमा रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै यादवले यस्तो बताएका हुन्।
यादवले संघीयता, गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षताजस्ता महत्त्वपूर्ण विषय समावेश भए पनि संविधान त्रुटिपूर्ण, अधुरो र अपूरो तथा विरोधाभासयुक्त रहेको बताए। ‘संविधानमा रहेका विकृति र विसंगतिलाई हटाएर संशोधन गर्नुपर्ने महत्त्वपूर्ण ऐतिहासिक जिम्मेवारी पनि यहाँहरूमाथि आइपर्याे,’ उनले भने।
आफू र आफ्नो व्यक्तिगततर्फबाट रास्वपालाई सहयोग र सदासयता रहिरहने बताउँदै उनले सहकार्यका लागि तयार रहेको बताए।