रास्वपा नयाँ राजनीतिक संस्कार बसाल्न आएको हो, पुरानो पुस्तासँग लड्न होइन : स्वर्णिम वाग्ले

आइतबार, ७ असार, २०८३
डिजिटल संस्करण
रास्वपा नयाँ राजनीतिक संस्कार बसाल्न आएको हो, पुरानो पुस्तासँग लड्न होइन : स्वर्णिम वाग्ले

तस्बिर : संजीव योन्जन/नयाँ पत्रिका

अर्थमन्त्री एवं रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले आफूहरू नयाँ राजनीतिक संस्कार बसाल्न आएको बताएका छन्। चितवनमा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै वाग्लेले यस्तो बताएका हुन्।

‘हामी कसैलाई हराउनभन्दा पनि नेपाललाई जिताउन आएका हौँ। हामी पुरानो पुस्तासँग लड्न होइन नयाँ राजनीतिक संस्कार बसाल्न आएका छौँ। त्यसैले रास्वपाको शक्ति आक्रोश मात्र होइन, आशा हुनुपर्छ । आलोचना मात्र होइन विकल्प दिनुपर्छ । विद्रोह मात्र होइन निर्माण हुनुपर्छ,’ उनले भने।

आजदेखि रास्वपा आन्दोलनको पार्टीबाट संस्थागत राजनीतिक शक्तिमा रूपान्तरण हुन लागेको उल्लेख गर्दै वाग्लेले नयाँ पुस्ता शासन चलाउन र परिणाम दिन सक्षम रहेको प्रमाणित गर्नुपर्ने प्रस्ट पारे।

उनले भने, ‘आजदेखि हामी आफूलाई आन्दोलनको पार्टीबाट संस्थागत राजनीतिक शक्तिमा रूपान्तरण गर्दै छौँ। हामीले प्रमाणित गर्नुपर्नेछ कि नयाँ पुस्ताले केवल प्रश्न सोध्न मात्र जान्दैन, उत्तर पनि दिन सक्छ। केवल विरोध गर्न मात्र जान्दैन शासन पनि चलाउन सक्छ। केवल सपना देख्न मात्र जान्दैन परिणाम पनि दिन सक्छ।’
 

सुझावित समाचार