सप्तरीको विष्णुपुर गाउँपालिकाले अगामी आर्थिक वर्ष ०८३/८४ का लागि ३९ करोड ५९ लाख ३३ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ।
गाउँपालिकाको १८औँ अधिवेशनमा अध्यक्ष उमेशप्रसाद यादवले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बजेट पेस गरेका हुन्। गाउँपालिकाले मुख्य सडक पूर्वाधार र शिक्षालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ।
समग्र विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि तथा सामाजिक क्षेत्रलाई प्राथमिकतामा राखी पूरा गर्नेलगायतका मुख्य कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएका छन्।