मोरङ कारागारका वृद्ध कैदीको उपचारका क्रममा मृत्यु

आइतबार, ७ असार, २०८३
डिजिटल संस्करण

जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एकजना वृद्धको मृत्यु भएको छ । विराटनगरको हाटखोलास्थित मोरङ कारागारमा बलात्कार कसुरमा कैद सजाय भोगिरहेका   मोरङको सुन्दरहरैँचा नगरपालिका– ६ घर भएका ७० वर्षीय रामप्रसाद दाहालको आइतबार बिहान उपचारका क्रममा मृत्यु भएको हो ।   

कारागार प्रशासनका अनुसार छिनछिनमा रिँगटा लाग्ने, दम बढेर सास फेर्ने गाहे हुने भएपछि उनलाई शनिबार उपचारका लागि कोशी अस्पताल विराटनगरमा भर्ना गरिएको थियो ।  उपचारकै क्रममा आइतबार बिहान दुई बजेतिर उनको मृत्यु थियो  । 

मृत्यु भएका वृद्ध  कैदी  दाहाल बलात्कार कसुरमा २०७६ देखि अदालतबाट ठहर भएको १६ वर्षको कैद सजाय भुक्तान गरिरहेका थिए ।    

सुझावित समाचार