लाजिम्पाटको कफी बारबाट २२ लाखसहित दुईजना पक्राउ

शुक्रबार, ५ असार, २०८३
डिजिटल संस्करण

लाजिम्पाटमा रहेको कफी बार रेस्टुरेन्टबाट प्रहरीले स्रोत नखुलेको २२ लाखसहित दुईजनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त दरबारमार्गले नुवाकोटका तारालाल विश्वकर्मा र पर्वतका होमबहादुर केसीलाई पक्राउ गरेको हो। 

उनीहरूबाट २२ लाख नगद र ४० अमेरिकी डलर बरामद भएको छ। साथै तारालालको मोबाइलमा रहेको बाइनान्स एपमा दुई हजार डलरसमेत भेटिएको प्रहरीले जनाएको छ। उनी क्रिप्टो कारोबारमा संलग्न रहेको एसपी पवनराज भट्टराईले बताए। 

सुझावित समाचार