धितोपत्र बोर्डको अध्यक्षमा गोपाल भट्ट नियुक्त

मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

शुक्रबार, ५ असार, २०८३
डिजिटल संस्करण

धितोपत्र बोर्ड (सेबोन) अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त भएका छन् । शुक्रबारको मन्त्रिपरिषद् बैठकले भट्टलाई सेबोन अध्यक्षमा नियुक्त गरेको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए ।

बोर्ड अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका सदस्य डा. सञ्जय आचार्यको संयोजकत्वमा गठित सिफारिस समितिले एक महिनाअघि नै मन्त्रिपरिषद्मा भट्टसहित मुकुन्दकुमार क्षेत्री र विनयदेव आचार्यको नाम पठाएको थियो । सरकारले तीनमध्ये भट्टलाई सेबोन अध्यक्षको जिम्मेवारी दिएको हो ।

धनगढी नगरपालिका– ५, हंसपुरका भट्ट राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् । उनले राष्ट्र बैंकमा ३० वर्ष बिताएका थिए । उनले मौद्रिक नीति, वित्तीय क्षेत्र नियमन, सार्वजनिक ऋण व्यवस्थापन, पुँजी बजार विकास र सूक्ष्म अर्थतन्त्रको अनुसन्धानमा दक्षता हासिल गरेका छन् । 

बैठकले अन्य पाँच निर्णय गरेको छ। 

यस्ता छन् निर्णय 

सुझावित समाचार